बैंकिङ्ग कसुर मुद्दामा फरार एक प्रतिवादी पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका शिवराम केसी रहेका छन्। उनलाई जिल्ला अदालत मकवानपुरबाट १५ दिन कैद र ३ लाख जरिवाना सजाय तोकिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी  मकवानपुर जिल्ला अदालत हेटौडामा बुझाइएको प्रहरीले जनाएको छ।