काठमाडौं – हुण्डी तथा क्रिप्टो करेन्सी कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका प्रवेश अली उमेर, बाँकेका नरेश रेउले र सर्लाहीका दिप्ती पोखरेल रहेका छन्।
उनीहरू क्रिप्टो कारोबारमा संलग्नको गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय खटिएको टोलीले पक्राउ गरेको हो। सामाखुशीबाट रेउलेलाई फेला पारी सोधपुछ गर्दा उनले पोखरेल र अलीको लागी यूएसडीटी खरिद बिक्री गर्ने भनी खुलाए पश्चात् उनीहरूलाई पनि पक्राउ गरेको प्रहरीले बताएको छ। पोखरेललाई पन्ध्र लाख तीस हजारसहित सामाखुशीबाट र अलीलाई एकान्त कुनाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अलीले आफ्नो मोबाइलबाट बालेस आईडी प्रयोग गरी हालसम्म ९१८१५१३.९६ यूएसडीटी बराबरको नेपाली १ अर्ब ३६करोड ८० लाख रकम बराबरको कारोबार गरेको देखिएको प्रहरीले बताएको छ। उनीहरूलाई दशी प्रमाणसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया