काठमाडौं – कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुईवटा फर्मलाई जरिवाना गरेको छ।
स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौं महानगरपालिका सिनामङ्गलमा रहेको जमकटेल फर्मालाई दुई लाख पाँच हजार रूपैयाँ जरिवाना गरेको छ।
त्यसैगरी, भक्तपुरको सल्लाघारीमा अवस्थित ख्वप हार्डवेयरलाई २० हजार रूपैयाँ जरिवाना गरेको छ। ती दुवै फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको कसुरमा कारबाही गरिएको हो।
यस्तै, विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। विभागले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ।



About Us
प्रतिक्रिया