बढ्दैछ अप्ठ्यारोमा परेको भन्दै ठगी गर्ने प्रवृत्ति, जोगिन साइबर ब्यूरोको अनुरोध


काठमाडौं – नेपाल प्रहरीको साइबर ब्यूरोले ह्वासएप ह्याक गरेर आफु समस्या अप्ठ्यारोमा परेको छु भन्दै ठगी गर्ने प्रवृत्ति बढेको बताएको छ । ब्यूरोले एक सूचना जारी गर्दै ह्वासएप ह्याक गरेर तुरुन्त पैसा पठाइदिन वा आफ्नो बैंकिङ्ग एपमा समस्या आएर मैले पैसा पठाउन नसकिरहेको भन्दै क्यूआर मा पैसा पठाइदिन मेसेज नजिकका साथी भाई लगायत आफन्तहरूलाई पठाई ठगी गर्ने घटननाहरू बढिरहेकोले यस्ता घटनाबाट जोगिन भनेको हो ।

ब्यूरोले यस्ता घटनाबाट जोगिन त्यस्ता मेसेजहरूमा तुरुन्त विश्वास नगर्न, सम्भव भए सम्म सो व्यक्तिलाई प्रत्यक्ष फोन गरेर पुष्टि गर्न, शंकास्पद लिंक, कोड वा फाइल क्लिक र डाउनलोड नगर्न आग्रह गरेको छ । यस्तै, टु स्टेप भेरिफिकेशन अनिवार्य रूपमा प्रयोग गर्न, आफ्नो ओटीपी वा भेरिफिकेशन कोड कसैलाई पनि नदिन, आफ्नो मोबाइल र एप्स नियमित रूपमा अपडेट गर्न र ह्वासएप वेव प्रयोग गरेपछि लग आउट गर्न नबिर्सीन आग्रह गरेको हो ।