काठमाडौं – बाघको छाला बिक्रीमा संलग्न एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहको देवघाट गाउँपालिका वडा–१ बस्ने ५६ वर्षीय विष्णु बहादुर गुरुङ रहेका छन्।
उनी जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दी हुन्। अवैध रुपमा ‘बाघको छाला बिक्री व्यवसाय’ गरेको मुद्दामा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको फैसला अनुसार उनलाई १५ वर्ष कैद र १ लाख जरिवाना हुने ठहर भएको थियो। सोही फैसला अनुसार उनी जगन्नाथदेवल, सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेको थिए। तर, उनी जेनजी आन्दोलनमा फरार भएका थिए।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा लुकिछिपी बसेको अवस्थामा कलकींबाट पक्राउ गरेको छ। उनलाई पक्राउ गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, सुन्धारामा पेश गरिएको सीआईबीले जनाएको छ।



About Us
प्रतिक्रिया