भक्तपुरमा एक महिनामा ५९ वटा आर्थिक अपराधका मुद्दा दर्ता

बैंकिङ्ग कसुरमा ४४ जना पक्राउ


काठमाडौं – जिल्ला प्रहरी परिसर भक्तपुरमा एक महिनामा १४५ वटा विभिन्न अपराधका मुद्दा दर्ता भएका छन्। तीमध्ये आर्थिक अपराधका ५९ वटा उजुरी परेको छ। 

प्रहरीकाअनुसार ठगी, बैंकिङ्ग कसुर, चोरीलगायतका आर्थिक अपराधका उजुरी दर्ता भएका छन्। यस अवधिमा बैंकिङ्ग कसुरमा ४४ जना, ठगीमा ३ जना, चोरीमा १२ जना पक्राउ परेका छन्। फागुनमा जिल्ला प्रहरी परिसर भक्तपुरले ४८ जना पक्राउ परेका छन्।