जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ, ३ लाख ६३ हजार बरामद 


काठमाडौं – सर्लाहीको  लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१६ बस्ने ४३ वर्षीय सन्तोष केसी समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८४ हजार रुपैयाँ सहित पक्राउ गरेको हो। 

दाङको घोराही उपमहानगरपालिका– १४ स्वर्गद्वारी टोलस्थित पसल संचालन गरी बस्ने गढवा गाउँपालिका– ८ कोईलाबास घर भएका ३५ वर्षीय अतिकुर रहमान फारूकीको पसलमा जुवातास खेलिरहेको अवस्थामा अतिकुर समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ९ सय ६० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।