काठमाडौं – खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन कम्पनीलाई जरिवाना गरेको छ।
विभागले स्थलगत अनुगमनको क्रममा कानुन विपरितका गतिविधि गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–७ चांगाथलीस्थित एकताग्राम स्टोरलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ।
यस्तै, किराना घर ट्रेड एण्ड सप्लायर्स काठमाडौं बबरमहल र गणपति ट्रेड सप्लायर्स बबरहललाई समान पाँच हजार रूपैयाँ जरिवाना गरेको छ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको स्पष्ट पारेको छ। विभागले थप १९ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। पछिल्ला दिनमा विभागले गैरकानुनी कारोबार नियन्त्रण गर्नका लागि निरन्तर विभागले अनुगमन गरिरहेको छ।



About Us
प्रतिक्रिया