चौरजहारी नगरपालिकाका प्रमुखसहित २ जनामाथि भ्रष्टाचार मुद्दा दायर

१ लाख बिगो माग


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम (पश्चिम) चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीसमेत २ जना माथि घुस–रिसवत लिई दिई भ्रष्टाचार गरेको अभियोगमा आरोप पत्र दायर गरेको छ । 

उनले असिस्टेन्ट सब–इन्जियरको रिक्त पदमा विगत ८ वर्ष देखि करार सेवामा म्याद थप गर्दै घुस–रिसवत लिएको आयोगले जनाएको छ । 

नगर प्रमुखले आर्थिक वर्ष २०८१/८२ को लागि म्याद थप गर्न  मोहन शाहसँग १ एक लाख मागेका थिए। उक्त रकम प्रमुखको खातामा जम्मा गरेपछि मात्र म्याद थप भएको थियो। आर्थिक वर्ष २०८२/८३ को करार नवीकरण गर्नका लागि एक लाख मागेको तर मोहन शाहले नगद यस पटक उपलब्ध गराउन नसकिने भनेपछि मेरो करार म्याद थप नगरी बर्खास्त गरिएको खुल्न आएको छ । 

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी लिई आज विशेष अदालतमा अख्तियारले आरोप पत्र दायर गरेको छ ।