बैंकिङ्ग कसुरमा ६९ हजार जरिवाना तोकिएका एक फरार प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुरमा ६९ हजार जरिवाना तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– १२ बस्ने दुर्गादेवी गौतम रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक मातहत इलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोक र अस्थायी प्रहरी पोष्ट बाहुनेपाटी सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले उनलाई बाहुनेपाटीबाट पक्राउ गरेको प्रहरीले बताएको छ। 

उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि  सिन्धुपाल्चोक जिल्ला अदालत चौतारा, सिन्धुपाल्चोकमा पेस गरिएको प्रहरीले जनाएको छ।