नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन अध्यक्ष श्रेष्ठ बैंकिङ्ग कसूरमा पक्राउ

'२२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजाय हुने'


काठमाडौं – नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) पक्राउ गरेको छ। उनलाई आइतबार काठमाडौंको नागार्जुन नगरपालिका–५ सितापाइलाबाट पक्राउ  हो। 

श्रेष्ठले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको कार्यकारी अध्यक्ष हुँदा करोडौँ रकम ठगी गरेका थिए। उनी नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडसँग सम्बद्ध रही अनियमित एवं गैरकानुनी तवरले निक्षेपकर्ता एवं संस्थाको हित विपरीत हुने कार्य गरी बैंकिङ्ग कसुरमा संलग्न रहेको सीआईबीले जनाएको छ।

श्रेष्ठलाई दुई वटा मुद्दामा क्रमशः १९ करोड ४६ लाख जरिवाना तथा ३  कैद र ३ करोड २१ लाख ३९ हजार जरिवाना तथा ३वर्ष कैद गरी कुल जम्मा २२ करोड ६७लाख जरिबाना र ६ वर्ष कैद सजाय फैसला भएको थियो। 

उनीविरुद्ध नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग, बालुवाटार काठमाडौंको उजुरीको आधारमा सर्वोच्च अदालतले २०८१ साल भदौ ५ गते २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो।उनलाई  सितापाइलाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जनाएको छ।