अष्ट्रिया र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अष्ट्रिया र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका ईश्वरी पाण्डे र दोलखाका ओम प्रकाश तिम्सीना रहेका छन्। 

पाण्डेले २ जनालाई अष्ट्रिया र  तिम्सीनाले १ जनालाई जापान पठाइदिन्छु भन्दै ठगी गरेको प्रहरीले बताएको छ। उनीहरूलाई काठमाडौ उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।