काठमाडौं – बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनकी कमला देवी सुनुवार, सिन्धुलीकी सविना खड्का र काठमाडौंका अम्बर गुरुङ रहेका छन्।
पक्राउ परेकामध्ये सुनुवारले २ जनालाई क्रोएशिया पठाइदिन्छु भन्दै ४ लाख ५० हजार, खड्काले अमेरिका पठाइदिन्छु भन्दै १ लाख र गुरुङले क्रोएशिया पठाइदिन्छु भन्दै ५० हजार ठगी गरेको प्रहरीले बताएको छ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया