चोरी मुद्दाका फरार एक जना १८ वर्षपछि पक्राउ 


काठमाडौं – चोरी मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाका ३८वर्षीय नारायण लामिछाने भन्ने पूर्ण बहादुर लामिछाने रहेका छन्। 

उनलाई अदालतले २१ दिन कैद र ६ हजार जरिवाना तोकेको थियो। अदालतको फैसला कार्यान्वयन गर्न उनलाई स्याङ्जाको  पुतलीबजार नगरपालिका –१ प्रगतिनगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनलाई पक्राउ गरी कैद भुक्तान तथा जरिवाना असुलको लागि  स्याङ्जा जिल्ला अदालतमा पठाइएको प्रहरीले बताएको छ।