काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कुटनीतिक राहदानी फिर्ता गरेका छन्। मन्त्री खनालले आज उक्त राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागलाई फिर्ता गरिदिन मन्त्रालयको प्रशासन महाशाखालाई पत्राचार गरेका हुन्।
खनालले अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पत्र लेख्दै आफूलाई अर्थ मन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराएको कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएको भन्दै परराष्ट्र मन्त्रालयको राहदानी विभागमा बुझाउन भनेका छन्।
२१ फागुनको निर्वाचनपछि सुशीला कार्की नेतृत्वको सरकारको अवधि समाप्त हुँदैछ।




About Us
प्रतिक्रिया