काठमाडौं – निर्वाचनको दिनमा पनि आन्तकि हवाई उडान सुचारु हुने भएको छ। निर्वाचन आयोगले निर्वाचनको दिन आन्तकि हवाई उडान बन्द गर्नु नपर्ने भनेपछि फागुन २१ गते आन्तरिक हवाई उडान सुरु हुने भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गर्दै फागुन २१ अर्थात चुनावको दिन आन्तरिक हवाई उडान सुचारु रहने जानकारी दिएको छ। जसअनुसार निर्वाचनको दिन हुने अत्यावश्यक उडानहरु प्रभावित नबन्ने भएका छन्।
प्राधिकरणकाअनुसार आवश्यक्ताका आधामा निर्वाचनको दिन देशभर आन्तरिक उडान हुनेछन्। यसबाहेक, अन्तर्राष्ट्रियतर्फ मध्यपूर्वका उडानबाहेक अन्यत्र सामान्यरुपमा नै उडान सुचारु रहने बताइएको छ।



About Us
प्रतिक्रिया