फागुन २१ पछि के हाेला ?

नेकपाले बहुमत ल्याउँदा बाहेक ०६४ यताका तीन निर्वाचनलाई शेयर बजारको हरियो झण्डा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)को विगतको तथ्य केलाउँदा निर्वाचनलाई सहर्ष स्विकार्ने गरेको देखिएको छ। २०७० सालयता सम्पन्न ४ वटा चुनावको तथ्यांक विश्लेषण गर्दा निर्वाचनलाई शेयर बजारले ‘ग्रीन सिग्नल’ दिने गरेको देखिएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांक केलाउँदा २०७० सालयता सम्पन्न चारमध्ये तीन निर्वाचनमा बजार उकालो लागेको पाइएको छ।

२०६४ र २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनका क्रममा नेप्सेले सकारात्मक प्रतिक्रिया दिएको थियो। त्यस्तै, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनअघि र पछि पनि बजार बढेको देखिन्छ। अपवादका रूपमा २०७४ सालको निर्वाचन अवधिमा भने बजार घटेको थियो। २०७२ सालमा संविधान जारी भएपछि राजनीतिक तथा संरचनागत सङ्क्रमणको प्रभाव २०७४ को बजारमा देखिएको विश्लेषकहरू बताउँछन्।

०७९ को प्रतिनिधि सभाको निर्वाचनमा समेत शेयर बजार बढेको देखिन्छ। यस्तै, यसपटक पूर्वनिर्धारित समय अगावै हुन गइरहेको निर्वाचन अघि समेत शेयर बजार उकालो यात्रामा देखिन्छ। निर्वाचन नजिकिँदै जाँदा लगातार ४ दिन नेप्से परिसूचक बढेको छ। यस अवधिमा ४० अंक बढेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ।

यसले पनि नेपालको शेयर बजारले निर्वाचनलाई स्वीकार गर्ने र निर्वाचन अघि र सम्पन्न भइसकेपछि बढ्ने गरेको विगतलाई यस पटक पनि निरन्तरता दिने संकेत देखिएको छ। २०६४ मा चैत २८ गते संविधान सभाको पहिलो निर्वाचन सम्पन्न भएको थियो। त्यसअघि सोही वर्षको फागुन २८ गते ७३९ अंकको बिन्दुमा रहेको नेप्से परिसूचक चैत २४ गतेसम्ममा ७४७ अंकको बिन्दुमा पुगेको थियो।

खासगरी, निर्वाचन सम्पन्न भएपछि राजनीतिक स्थायित्वसँगै आर्थिक स्थायित्व पनि कायम रहने आसले शेयर बजारमा लगानीकर्ताको उत्साह बढ्ने गरेको छ। निर्वाचनको अघि सामान्यरुपमा बढ्ने शेयर बजार निर्वाचनपछि उल्लेख्यरुपमा वृद्धि हुने गरेको तथ्यले देखाउँछ। यसबाहेक, निर्वाचनको समयमा अर्थतन्त्र चलायमान बन्छ भने निर्वाचन प्रचार प्रसार तथा अन्य गतिविधिले आन्तरिक माग बढ्न थाल्छ।

२०६४ मा चैत २८ गते संविधान सभाको पहिलो निर्वाचन सम्पन्न भएको थियो। त्यसअघि सोही वर्षको फागुन २८ गते ७३९ अंकको बिन्दुमा रहेको नेप्से परिसूचक चैत २४ गतेसम्ममा ७४७ अंकको बिन्दुमा पुगेको थियो।

यसैगरी, विदेशबाट हुने आयात समेत बढ्ने हुँदा बजार चलायमान बन्छ। जसकारण, शेयर बजार समेत चलायमान बन्ने गर्छ। जसले निर्वाचनको समयमा शेयर बजारले उकालो यात्रा तय गर्छ। जसलाई यसअघिका ४ वटा निर्वाचनले समेत पुष्टि गर्छ। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीसमेत निर्वाचनमा विजयी हुने दलले बनाउने सरकारले लिने अर्थ नीति, शेयर नीति, परराष्ट्र नीति र कर नीतिले बजारलाई प्रभावित बनाउने बताउँछन्। बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनी भन्छन्, ‘निर्वाचनपछि बन्ने सरकारले लिने हरेक कदम लगानीकर्ताको मनोभावसँग जोडिन्छ, जसले बजारलाई बढाउन र घटाउन सहयोगी भूमिका खेल्छ।’

शेयर लगानीकर्ता छोटेलाल रौनियार निर्वाचनपछि राजनीतिक स्थिरता आउने र स्थिर सरकारले शेयर बजारमैत्री नीति लिने अपेक्षासहित बजार बढ्ने गरेको बताउँछन्। ०६४ र ०७० मा संविधानको आसमा शेयर बजार बढेको र त्यसपछि सम्पन्न निर्वाचन नियमित भएपनि यस पटक भने फरक परिस्थितिमा भइरहेको बताउँछन्। बजार सरकारले लिने नीति र कर नीति तथा नेतृत्वदायी भूमिकामा रहेकाहरूको भाषणमा आधारित रहेर घटबढ हुने भएकाले निर्वाचनको समयमा बजारले ‘रियाक्सन’ गर्ने रौनियारको भनाई छ।

शेयर बजारमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा आबद्ध लगानीकर्ताको संख्या ७० लाखभन्दा धेरै पुगिसकेकाले निर्वाचनका कारण शेयर बजार प्रभावित बन्नु स्वाभाविक भएको उनको भनाई छ। तर, नेपालमा रहेका सबै लगानीकर्ता सबै सचेत नहरेकाले निर्वाचनको मुखमा घाटा खान सक्ने जोखिम पनि रहेको उनको भनाई छ।

माओवादीको दुई तिहाइ, कीर्तिमानी बिन्दुले किन बढ्यो परिसूचक ?

२०६४ मा चैत २८ गते संविधान सभाको पहिलो निर्वाचन सम्पन्न भएको थियो। त्यसअघि सोही वर्षको फागुन २८ गते ७३९ अंकको बिन्दुमा रहेको नेप्से परिसूचक चैत २४ गतेसम्ममा ७४७ अंकको बिन्दुमा पुगेको थियो। तर, निर्वाचन सम्पन्न भएको १ महिनापछि अर्थात् २०६५ वैशाख २९ गते परिसूचक ७७५ मा र सोही वर्षको भदौ अन्तिमसम्ममा ११३२ अंकको बिन्दु पार गर्दै नयाँ कीर्तिमान कायम गरेको थियो। माओवादी भर्खर जनआन्दोलनबाट सत्ता राजनीतिमा आउँदै सरकारमा आएको थियो भने अर्थमन्त्रीमा डा. बाबुराम भट्टराई आएका थिए।

भट्टराईले अर्थतन्त्र बुझेको र शेयर बजारमैत्री नीति लिने लगानीकर्ताको अपेक्षा थियो। किनकि, माओवादीले पुरानै अर्थव्यवस्थालाई कायम राख्ने उद्घोष चुनाव जितेपछि गरेको थियो। जसअनुसार बजारले ऐतिहासिक बिन्दु कायम गर्याे। खास गरी, निर्वाचन अघि गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले भदौसम्म रह्यो। सो अवधिसम्ममा बजारले उल्लेख्यरुपमा उकालो यात्रा तय गर्याे।

संविधान जारी गर्न नसकेर पहिलो संविधान सभा विघटन भएपछि २०७० को मंसिर ४ मा निर्वाचन सम्पन्न भएको थियो। सो समयमा पनि शेयर बजारले उकालो यात्रा कायम गरेको थियो।

तर, असोजमा माओवादी सरकारकारतर्फबाट अर्थ मन्त्रालयको बागडोर सम्हाल्न आएका तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले बजेट सार्वजनिक गर्दै पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स)लाई १० प्रतिशतसम्म पुर्‍याइदिए  र शेयर बजारलाई जुवा घर भने। जसकारण, ११७६ अंकको बिन्दुसम्म पुगेको परिसूचक २९० अंकको बिन्दुमा झर्याे।

यसबाहेक, २०६४ सालमा तत्कालीन समयको सबैभन्दा ठुलो कम्पनीकारुपमा नेपाल दूरसञ्चार प्राधिकरण नेप्सेमा सूचीकृत थियो। जसको आकार कूल बजार पुँजीकरणको १९ प्रतिशत एक्लैले ओगट्थ्यो। यही कम्पनीको शेयर मूल्यमा आएको वृद्धिले समग्र नेप्सेलाई ११३२ अंकको बिन्दुसम्म डाेर्याएकाे थियो भने माओवादी सरकार गठन हुनुअघि सार्वजनिक भएको मौद्रिक नीति पनि बजार मैत्री नै थियो।

जब काँग्रेसको बहुमतपछि बढ्यो परिसूचक

संविधान जारी गर्न नसकेर पहिलो संविधान सभा विघटन भएपछि २०७० को मंसिर ४ मा निर्वाचन सम्पन्न भएको थियो। सो समयमा पनि शेयर बजारले उकालो यात्रा कायम गरेको थियो। वर्षको कात्तिक १ गतेसम्ममा नेप्से परिसूचक ४३३ अंकको वरिपरि घुमेर बसेको थियो भने निर्वाचन अघिको अन्तिम कारोबार (कात्तिक २८) गतेसम्ममा ६०० अंक पुगेको थियो। जुन, उल्लेख्य वृद्धि थियो।

यस्तै, निर्वाचन सम्पन्न भएको १ महिनापछि (पुस ४) मा परिसूचकले ८०० अंकको बिन्दु पार गरिसकेको थियो। सो निर्वाचनमा तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको नेपाली काँग्रेसले बहुमत ल्याएको थियो। यस्तै, निर्वाचनपछि संविधान जारी हुने र देश अस्थिरताको भुमरीबाट स्थिरतातर्फ जाने अपेक्षा गर्दै लगानीकर्ताले शेयर बजारमा लगानी बढाएका थिए।

लगानीकर्ताले गरेको विश्वासअनुसार सबैजसो राजनीतिक दल एकजुट बनेर २०७२ असोज ६ गते संविधान जारी पनि गरे। तर, अस्थिरताको खेलो फड्को अझै रोकिएको छैन। बरु, २०८४ मा हुनुपर्ने निर्वाचन २ वर्ष अघि नै अर्थात् यही वर्षको फागुन २१ गते हुँदैछ।

नेकपाको प्रचण्ड बहुमत शेयर बजारद्वारा अस्वीकृत

०७२ सालमा संविधान जारी भएपछि ०७४ मंसिर २१ गते पहिलो पटक प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भयो। सो निर्वाचनमा भने शेयर बजारले उकालो यात्रा तय गर्न सकेन । तत्कालीन समयमा नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) मिलेर शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएर चुनावी मैदानमा होमिए। जसलाई सर्वसाधारण नागरिकले स्वीकार समेत गरे पनि लगानीकर्ताले पत्याएनन्।

सोही कारण निर्वाचन हुनुभन्दा एक महिना अघि (कात्तिक १) मा १५६० अंकको बिन्दुमा रहेको नेप्से परिसूचक निर्वाचनभन्दा अघिको अन्तिम कारोबार दिन (मंसिर २०) सम्ममा १५२९ अंकको बिन्दुमा पुगे पनि माथि जान सकेन। पुस २० मा परिसूचक घटेर १४२१ अंकतर्फ आइपुग्यो र चैतसम्मको अवधिमा पुग्दा परिसूचक १२ सय अंकको बिन्दुमा झर्याे।

०७९ को निर्वाचनमा मिश्रित नतिजा, परिसूचक उकालो

यता ०७९ मा भने नेपाली काँग्रेस र नेकपा एमालेको मिश्रित नतिजा आएको थियो। काँग्रेस पहिलो र एमाले दोस्रो बनेपछि शेयर बजारका लगानीकर्ता उत्साहित बनेका थिए। जसअनुसार ०७९ मंसिर ४ गते निर्वाचन हुनुभन्दा एक महिना अघि (कात्तिक २) परिसूचक १८५५ अंकको बिन्दुमा थियो भने मंसिर १ गते १९२७ अंक पुगेको थियो।

यसले सो निर्वाचन अघि नै परिसूचक बढ्न थालेको देखिन्छ। यस्तै, निर्वाचन पुस ५ गतेसम्म पुग्दा परिसूचक घटेर १८६६ अंकको बिन्दुमा झरे पनि सोही महिनाको २६ गतेसम्ममा २२११ अंकको बिन्दुसम्म पुगेको थियो।