तोलामा ३ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

'चाँदी ताेलामा १३५ रूपैयाँले बढ्याे'


काठमाडौं – आज नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ४०० रुपैयाँले बढेको छ।

योसँगै प्रतितोला सुन २ लाख ९६ हजार १०० रुपैयाँ पुगेको छ। हिजो सन प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि तोलामा १३५ रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ८१० रुपैयाँमा किनबेच भएको थियो।