यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृतसहित दुई जना घुससहित नियन्त्रणमा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको हेटौँडा उपमहा नगरपालिकास्थित यातायात व्यवस्था कार्यालय, हेटौँडामा कार्यरत अधिकृत छैटौँ अमृत भेटुवालले सवारी सरुवा सहमति गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ।

आयोगले अधिकृत सहित दुई जनालाई घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो। बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट ११ हजार ५ सय घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगले जनाएको छ।

उनीहरू दुवै जनालाई ३ थान मोबाइल सेटसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ आयोगले जनाएको छ।