काठमाडौं – विदेशबाट पार्सल आएको छ, मोबाइल तथा अन्य महँगा उपहार पठाइएको छ भन्दै भन्सार तथा राजस्व रकम तिर्न आग्रह गरेर ठगी गर्ने गिरोह बढेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले यस्ता ठगीका घटनाप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जाल, इमेल वा म्यासेजमार्फत सम्पर्क गरी ‘तपाईंका नाममा विदेशबाट पार्सल आएको छ’भन्दै ठगहरूले विश्वास दिलाउने प्रयास गर्छन्। त्यसपछि भन्सार अथवा राजस्व तिर्नका लागि रकम पठाउनु भन्दै उनी आफू समान डेलिभरी गरिदिन्छौँ भन्दै ठगी गर्छन्। रकम पठाएपछि भने न त पार्सल आउँछ, न त सम्पर्क नै हुन्छ।
२०८२ साल माघ महिनामा मात्र जिल्ला प्रहरी परिसर काठमाडौंमा यस्ता ठगीका १३ वटा उजुरी दर्ता भएका छन्। प्रहरीले कुनै पनि अज्ञात व्यक्तिको फोन, म्यासेज वा इमेलमा विश्वास नगर्न, भन्सार वा राजस्व तिर्नुपर्ने भए आधिकारिक निकायबाट मात्र पुष्टि गर्न र शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।



About Us
प्रतिक्रिया