काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका अमेरिका पठाइदिन्छु भन्दै ६ लाख ३० हजार ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाकी चन्द्रकला सापकोटा दाहाल रहेकी छिन्।
उनले १ जनालाई अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको प्रहरीले बताएको छ। उनलाई ललितपुरको महालक्ष्मीबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया