सुर्खेतबाट बैंकको चेक राखेर जुवातास खेलिरहेका ६ जना पक्राउ


काठमाडौं – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ कुमाई चोक बस्ने ५० वर्षीय सुरज सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरज समेत ६ जनालाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद १ लाख ७४ हजार ६० रुपैयाँ, विभिन्न बैंकको चेक २ थान र १० बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।