८ थान नक्कली नोटसहित एक जना पक्राउ 


काठमाडौं – जिल्ला प्रहरी कार्यालय सुनसरीले ८ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीका आजाद मिया रहेका छन्। 

सुनसरीको इनरुवा नगरपालिका– ५मा रहेको सब्जी बजारमा सब्जी खरिद गर्ने क्रममा जाली नोट दिएको भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई चेकजाँच तथा खानतलासी गर्दा उनको साथबाट जाली नोट जस्तो देखिने ५ सय दरका आठ थान जम्मा ४  हजार फेला परेको छ। 

उनलाई उक्त नोट सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले  जनाएको छ।