वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाइदिन्छु भन्दै ४८ लाख ठगी गर्ने ५ जना प्रहरीको फन्दामा 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका सम्झना भण्डारी, बाराका सिद्धार्थ पटेल, काठमाडौंका सरस्वती श्रेष्ठ, दिपेश श्रेष्ठ र  खोटाङका मनिराज राई रहेका छन्। 

प्रहरीका अनुसार, भण्डारीले कतार पठाइदिन्छु भन्दै १ लाख र पटेलले मंगोलिया पठाइदिन्छु भन्दै २ लाख ६४ हजार ठगी गरेका थिए। साथै, सरस्वती श्रेष्ठले जापान पठाइदिन्छु भन्दै २४ लाख, दिपेश श्रेष्ठले आइसल्याण्ड पठाइदिन्छु भन्दै १७ लाख र राईले अल्बानिया पठाइदिन्छु भन्दै ३ लाख ७० हजार ठगी गरेका थिए। 

उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।