काठमाडौं – काठमाडौं जिल्ला प्रहरी परिसरमा माघ महिनाभर ९७६ वटा विभिन्न अपराधका मुद्दा दर्ता भएका छन्। तीमध्ये ४६३ वटा मुद्दा आर्थिक अपराधसँग सम्बन्धित रहेका छन्।
प्रहरीका अनुसार माघ महिनामा आर्थिक अपराधका घटनामा उल्लेख्य वृद्धि देखिएको छ। ठगी, बैंकिङ्ग कसुर, अनलाइन फर्ड , किर्ते कागजात तथा वित्तीय अनियमिततासम्बन्धी मुद्दाहरू प्रमुख रूपमा दर्ता भएका छन्। यस अवधिमा प्रहरीले ३६० जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकाहरूलाई अदालतको आदेशअनुसार विभिन्न अवधिको कैद सजाय तोकिएको छ, जसको कुल कैद अवधि ४३ वर्ष ११ महिना १२ दिन रहेको छ। त्यस्तै, पक्राउ परेकाहरूबाट असुल हुने कुल जरिवाना रकम २ करोड २० लाख ४९ हजार रुपैयाँ पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ। त्यसमा बैंकिङ्ग कसुरमा ७४ जना, ठगी ३१ जना , चोरी १६१ जना पक्राउ परेका हुन्।



About Us
प्रतिक्रिया