१ लाख १८ हजार नगद र सुन चाँदीका गहनासहित दुई जना पक्राउ 


काठमाडौं – १ लाख १८ हजार नगद र सुन चाँदीका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलान्चोकका भुवन प्रधान र रामेछापका सुनिता बस्याल रहेका छन्। 

काठमाडौंको कीर्तिपुर नगरपालिका–४ चम्पादेवी बसपार्क नजिक एक घरबाट सुनका गरगहना र नगद चोरी भएको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई चम्पादेवी बसपार्क नजिकबाट पक्राउ गरी उनीहरूको साथमा रहेको चाँदीको ब्रास्लेट, सुनको टप, तिलहरी, चोकर, सिक्री,औंठी, तिलहरी, नौगेडीलगायतका गरगहना बरामद गरिएको प्रहरीले बताएको छ। उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।