काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.९७ अकंले बढेर २६७१.०७ बिन्दुमा कायम भएको छ। आज ३३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाख रुपैयाँको कारोबार भएको हो।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ७० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। एसवाई प्यानलको ४३ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। रिडी पावरको ४१ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै भोटेकोशीका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन्। रसुवागढीका लगानीकर्ताले ९ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन्। खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन्। श्रीनगरका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ५९ प्रतिशतका दरले गुमाएका हुन्। यसदिन ८ उपसूचकमा हरियाली आएको छ। सर्वाधिक शेयर मूल्य विकास बैंक र हाइड्रोपावर समूहको बढेको छ। विकास बैंक समूहको १.१८ प्रतिशत र हाइड्रोपावर समूहको ०.९७ प्रतिशतले बढेको हो।



About Us
प्रतिक्रिया