काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका धन बहादुर फिँयाक र धादिङ गजुरीका सुभाष श्रेष्ठ रहेका छन्।
फिँयाकले ग्रिस र अल्बानिया पठाइदिन्छु भन्दै ३८ लाख २५ हजार र श्रेष्ठले लात्भिया पठाइदिन्छु भन्दै १ लाख ५९ हजार ठगी गरेको प्रहरीले जनाएको छ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया