युनाइटेड अजोड इन्स्योरेन्सले पायो २३ लाख बढी कित्ता हकप्रद शेयर निष्काशनको अनुमति


काठमाडौं – नेपाल धितोपत्र बोर्डले युनाइटेड अजोड इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ । बोर्डले आज कम्पनीलाई हकप्रद शेयर जारीस् गर्न अनुमति दिएको हो ।

बोर्डले कम्पनीको हाल कायम चुक्ता पुँजीको १००ः१० अनुपातमा कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । कम्पनीको शेयरको निष्कासन तथा बिक्री प्रबन्धककमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।