काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.२५ अंकल घटेर बजार २६ सय ६२ दशमलव १४ को विन्दुमा बन्द भएको छ। आज ३२४ कम्पनीको ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने २ करोड १७ लाख १५ हजार कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा बढी अरुण हाइड्रोपावर डेभलपमेन्टको सबैभन्दा बढी शेयर कारोबार भएको छ।
यस कम्पनीको आज ४५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युतको ४० करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज कालिनचोक दर्शनका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज यस कम्पनीको लगानीकर्ताले ६.३६ प्रतिशतका दरले कमाएका हुन्।
त्यस्तै, अरुण हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा बढी गुमाउनेमा कर्पोरेट डेभलपमेन्टका लगानीकर्ता रहेका छन्। यस कम्पनीका लगानीकर्ताले ५.२४ प्रतिशतका दरले गुमाएका हुन्।



About Us
प्रतिक्रिया