काठमाडैं – २ मेगावाट विद्युत् उत्पादन क्षमता भएको अपर रिचेत हाइड्रोपावर प्राइभेट लिमिटेडले आफ्ना साधारण शेयरहरु आईपीओ मार्फत सार्वजनिक निष्कासन गर्ने भएको छ। यसको लागि कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ।
साेमबार (२६) गते बसेकाे बैठकका बीच दुइ कम्पनीबीच सम्झौता सम्पन्न भएको हाे। सम्झौतामा अपर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
कम्पनीले आफ्नो ४० करोड चुक्ता पुँजीको २०५ अर्थात् ८ करोड पुँजी बराबरका ८ लाख कित्ता साधारण शेयरहरू निकट भविष्यमै सर्वसाधारणमा निष्कासन गर्नेछ। आईपीओ प्रक्रियाकै लागि कम्पनीले तुरुन्तै पब्लिक कम्पनी बन्ने र क्रेडिट रेटिंङ्गको कार्य पनि अघि बढाएको छ। आगामी श्रावण/भाद्र महिनामा आईपीओमा जाने योजना रहेको कम्पनीले बताएको छ।
कम्पनीले २०८१ को भाद्र महिनादेखि विद्युत् उत्पादन गरिरहेको छ। कम्पनीको हाइड्रोपावर प्रोजेक्ट गोरखा जिल्लाको धार्चे गाविसमा रहेको छ।



About Us
प्रतिक्रिया