काठमाडौं – जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङको बरेङ गाउँपालिका वडा– ३ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा–९ बस्ने तारा बहादुर थापा रहेका छन्
प्रहरीका अनुसार उनी अवैध रूपमा संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा काठमाडौ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि जगन्नाथदेवल, सुन्धारा कारागारमा रहेको थिए। तर जेनजी आन्दोलनका क्रममा उनी जगन्नाथदेवल, सुन्धारा कारागारबाट फरार भएका थिए।
कारागारबाट भागी फरार भई लुकिछिपी बसेको अवस्थामा थापालाई सीआईबीबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा बानियाँटारबाट पक्राउ गरेको छ। उनलाई पक्राउ गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, सुन्धारामा पेश गरिएको सीआईबीले जनाएको छ।



About Us
प्रतिक्रिया