काठमाडौं – फागुन २१ गतेको निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीलाई २५ सय थान हतियार अपुग देखिएको छ। समयभन्दा अगावै हुन थालेको यस पटकको संघीय संसदको निर्वाचन सुरक्षाका दृष्टिकोणले संवेदनशीले मानिन्छ। भदौ २३ र २४ को आन्दोलनपछि सरकार ढलेसँगै संसद विघटन गरेर नयाँ सरकार गठन भएको थियो। संसद विघटन भएपछि यही फागुन २१ गतेलाई निर्वाचन तोकिएको छ। यही निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि प्रहरीलाई २५ सय थान हतियार अपुग भएको हो।
प्रहरीले आफूलाई २५ सय थान हतियार नपुग देखेपछि नेपाली सेनासँग भने २८ सय थान हतिायर माग गरेको छ। प्रहरीबाट ठूलो मात्रामा सापटी हतियार मागिएपछि नेपाली सेनाले ३ हजार थान हतियार सापटी दिने सूचना प्रहरमिा आइसकेको छ। ठुला पेस्तोल, राइट कन्ट्रोल गियर, अश्रुग्याँस, ब्ल्यांक फायर, रबर बुलेट, मल्टी ग्यासगन, वाटर क्यानन (पानीका फोहोरा हान्ने सवारी), दमकल, रबर बोट र मोटरबोट, विपद्का लागि चाहिने अन्य ‘आपत्कालीन उद्धार सामग्री’ लगायतका सामाग्री प्रहरीसँगै छ।
सरकारको बजेटबाट प्रहरीले केही आवश्यक हातियार खरिद गरेपनि थप २५ सय थान अपुग देखिएको हो। प्रहरीले आफूलाई चाहिने सुरक्षा सामाग्रीहरु तथा केही हतियार खरिद पनि गरिसक्यो। तर, चालू वर्षको बजेटमा छुट्टयाइएको रकमले मात्र प्रहरीलाई निर्वाचनमा आवश्यक पर्ने हतियार अपुग भएपछि तथा भदौको आन्दोलनमा हतियार लुटिएर अझै ३०० थान हतियार फिर्ता नआएपछि सेनासँग २८ सय हतियार सापटी मागेको हो।
चार वर्षयता हतियार खरिदका लागि दौडधुपमा रहेको प्रहरीलाई ०८२ जेठ १५ मा प्रस्तुत बजेटमा हतियार खरिद गर्न १ अर्ब ९ करोड विनियोजन भएको थियो। सो बजेटका आधारमा प्रहरीले पेस्तोल, पेस्तोलका लागि गोलीहरू, रबर बुलेट, ग्यास गन, ढाल हेल्मेटखरिद गर्ने योजना थियो। तर, चालू वर्षको बजेटमा समेटिएको सो रकम आन्दोलनपछि कार्यान्वयनमा गएन।
यद्यपि, प्रहरीले आन्दोलनपछि नै निर्वाचन सुरक्षाका लागि ६ सय वटा हेलमेट र चार हजार थान ‘राइट कन्ट्रोल गियर’ किनिसकेको छ। यसबाहेक, १०० सय थान सवारी खरिदका लागि सम्झौता गरिसकेको छ। जुन, निर्वाचन अघि नै ल्याउने लक्ष्य छ। जेनजी आन्दोलनमा प्रहरीका हतियार मात्र नभएर गाडीहरु पनि आगजानी गरीएको थियो। त्यसैले गर्दा सरकारले प्रहरीका लागि छुट्टएको बजेटको रकम हतियारमा मात्र नभएर सवारी साधन खरिदमा पनि प्रहरीले प्रयोग गरेको हो।
आगामी निर्वाचनका लागि सुरक्षा व्यवस्था सुनिश्चित गर्न प्रहरीले आवश्यक हतियार, सवारी साधन र अन्य स्रोत साधनको पूर्ण तयारी गरिरहेको प्रहरीका प्रवक्ता अबि नारायण काफ्ले बताउँछन्। उनकाअनुसार माथिबाट उपलब्ध गराइएका सबै हतियारहरूको प्रयोगमा हुनेछन्। आवश्यकता अनुसार अन्य सुरक्षा निकायसँग समन्वय गरी हतियारको अभाव पूर्ति गरिन्छ।

प्रहरीले निर्वाचन समयमा सञ्चार तथा सवारी साधनहरूको पनि प्रयोग सुनिश्चित गर्दै आएको छ। सञ्चार साधनमा प्रहरीका आफ्नै स्रोत प्रयोग गरिने भए पनि आवश्यकता परे अन्य सुरक्षा निकायबाट सापटी लिइने उनले बताए। सवारी साधनको अभाव भएमा सरकारले उपलब्ध गराएको साधनसँगै भाडामा लिने विकलप पनि प्रयोग गरिन्छ। उनी भनछन्, ‘नेपाल सरकार र गृह मन्त्रालयबाट आवश्यक सुरक्षा सामग्री उपलब्ध गराइन्छ। त्यसपछि पनि यदि अभाव रह्यो भने निजी क्षेत्रबाट भाडामा सवारी साधन लिइन्छ।’
यस निर्वाचनमा नेपाल प्रहरीको ७५ हजारभन्दा बढी प्रहरीहरु र १ लाख ३३ हजार ७८० म्यादी प्रहरी १० हजार ९६७ मतदान स्थालमा खटिँदैछन्। निर्वाचनको सुरक्षा प्रहरीको मुख्य जिम्वेवारी हो। त्यसैले गर्दा अधिकतम सुरक्षा समाग्रीको प्रयोग निर्वाचनमा हुने काफ्ले बताउँछन्। भदौँ २३ र २४ मा जेनजी आन्दोलनमा देशभरका प्रहरी कार्यलयबाट ११ सयभन्दा बढी हातहतियार लुटिएको थियो। त्यस बेलामा लुटिएको हतियार अझैँ तीन सय भन्दा बढी बरामद हुन सकेको छैन्। सोही प्रहरीको लुटिएको हतियारधारीले गर्दा निर्वाचनमा सुरक्षा चुनौती बढी रहेको छ।
जेनजी आन्दोलनका क्रममा प्रहरीले प्रयोग गरिरहेको १८२ वटा चारपांग्रे सवारीमा आगजनी गरेका थिए। जसले गर्दा केही समयका लागि प्रहरीलाई कुनै घटना घटेको स्थानमासम्म पुग्न धौधौ परेको प्रहरी अधिकृतहरु बताउँछन्। यसभन्दा अघिका निर्वाचनमा पनि प्रहरीले सेनासँग हतियार सापटी मागेर सुरक्षा व्यवस्थापन गदैं आएको थियो। यसअघिको २०७९ सलको प्रतिनिधिसभा निर्वाचनका लागि प्रहरीले सेनासँगबाट २८ सय थान पेस्तोल माग गरेको थियो। साथै २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा प्रहरीले ७ सय भन्दा बढी पेस्तोल सेनासँग सापटी लिएको थियो।
गत भदौंमा भएको जेनजी आन्दोलनमा पनि सशस्त्र प्रहरीसँग एक हजार सेल अश्रुग्यास सशस्त्र प्रहरीसँग सापटी लिएर प्रयोग गरेको थियो। २०८१ चैतमा भएको राजावादी आन्दोलनमा पनि प्रहरीको सुरक्षा समाग्री प्रयोग भएको थियो। त्यसबेला ५८ राउन्ड गोली, टियर ग्यास ७४६ राउन्ड, ब्ल्यांक फायर १९२ पटक प्रयोग भएको थियो। प्रहरीका हतियार प्रयोग बढी हुने खरिद कम हुदाँ निर्वाचनका लागि अन्य सुरक्षा निकायसँग सापटी लिनुपर्ने अवस्था रहेको छ।
२०७८ असारमा नेपाली सेनाले नेपाल प्रहरीलाई ३०० सय थान हतियार, एम्युनिशन र सम्बद्ध सामग्री प्रदान गरेको थियो। यसअघि २०७७ साउन १४ गते पनि सेनाले सशस्त्र प्रहरी बललाई पनि ६०० वटा इन्सास राइफल दिएको थियो। आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि अर्थ मन्त्रालयले गृहमन्त्रालयलाई रकम दिइसकेको छ। अर्थले गृहलाई १० अर्ब ३९ करोड उपलब्ध गराएको प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए। सो अर्थले गृहलाई छुट्याएको १० अर्ब ३९ करोड रुपैयाँबाट मन्त्रालयले निर्वाचन सुरक्षासम्बन्धी काम सुरु गरिसकेको छ।

तर, सुरक्षा व्यवस्थापनका लागि ८ अर्ब निर्वाचन प्रहरीका लागि गृह मन्त्रालयले प्रदान गरीएको छ। प्रहरीले माग गरे अनुरुप रकम उपलब्ध गराएको प्रवक्ता बताउँछन्। अहिलेसम्म अर्थले छुट्टाएको रकम अनुसार गृह ८ अर्ब म्यादी प्रहरीमा नै प्रयोग हुने भएपछि २ अर्ब ३९ करोड मात्र बाँकी हुन्छ। त्यो रकमले प्रहरीलाई सुरक्षा सामाग्री खरिद गर्न रकम अपुग हुन्छ। यसबाहेक, भारत सरकारले निर्वाचन लक्षित गरेर साना–ठूला गरी कुल ५३८ थान गाडी उपलब्ध गराउँदै छ। यसअघि पहिलो खेपअन्तर्गत ६१ वटा गाडी माघ ६ गते नै नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। साथै, थप २ सय २३ थान सवारी साधन नेपाल ल्याउन लागिएको छ।



About Us
प्रतिक्रिया