काठमाडौं – सप्तरीको बलान बिहुल गाउँपालिका– ४ बेल्हीबाट स्रोत नखुलेको नगद १३ लाख रुपैयाँसहित भगवानपुर गाउँपालिका– ४ बस्ने २३ वर्षीय हरीशंकर कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र–२–०१–००२ प ४४८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया