वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने पाँच जना प्रहरीको फन्दामा 


काठमाडौं – बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङकी कोपिला शर्मा, धनकुटाका सन्तोष राई, काभ्रेपलाञ्चोककी कुमारी तामाङ र काठमाडौंकी विन्दा महर्जन र विना महर्जन रहेका छन्। 

पक्राउ परेकामध्ये शर्माले बेलायत पठाइदिन्छु भन्दै  १३ लाख, राईले कम्बोडिया पठाइदिन्छु भन्दै ३ लाख ७०हजार, तामाङले पोर्चुगल पठाइदिन्छु भन्दै  १३ लाख ६० हजार ठगी गरेका छन्। त्यस्तै, विन्दा र विना अमेरिका  पठाइदिन्छु भन्दै १० लाख ठगी गरेको प्रहरीले जनाएको छ। 

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।