बालेनको घरमा चोरी गर्ने तीन जना पक्राउ


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साह (बालेन) को घरमा चोरी गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको बालाजु हाइट घर भएका मनिष राजबाहक, सिन्धुपाल्चोकका खिम बहादुर खड्का र डोटीका सञ्जय श्रेष्ठ रहेका काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए।

राजबाहक चोरी मुद्दामा ३ वर्षभन्दा बढी कैद भुक्तानी गरीरहेको बेलामा जेनजी आन्दोलनमा फरार भएका थिए। साथै, उनीहरूको साथबाट  ल्यापटप, चार्जर भिडियो रेकर्डर बरामद भएको भट्टराईले जानकारी दिए।

पक्राउ पर्ने मध्येमा राजबाहकको २ वटा, खड्का र श्रेष्ठको  १–१ वटा मुद्दा पहिला नै चलेको थियो।  प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरी रहेको छ।