काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.२५ अंकले घट्दा समेत ५ कम्पनीको लगानीकर्ताले भने सर्वाधिक कमाएका छन्। आज सवार्धिक कमाउनेहरुमा सुपर माई हाइड्रोपावर, त्यस्तै, रिदि पावर कम्पनी, खानी खोला हाइड्रोपार, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ता रहेका छन्। जसमा सुपर माई हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, रिदि पावर कम्पनीको ९.९८ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९.९७ प्रतिशत त्यस्तै, हिमालय हाइड्रोपावरको ५.३९ प्रतिशत र जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ४.४९ प्रतिशतका दरले कमाएका हुन्।
त्यसैगरी, आज कालिनचोक दर्शनका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ८.९१ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, कर्पाेरेट डेभलपमेन्ट बैंकको ८.२९ प्रतिशत, नारायणी डेभलपमेन्टको ५.६४ प्रतिशत त्यस्तै, एनआइबीएल समृद्धि फण्ड–२ का लगानीकर्ताले ५.६१ प्रतिशतका दरले गुमाएका छन्।
त्यस्तै, आज सबैभन्दा बढी सुपर मादी हाइड्रोपावरको शेयर कारोबार भएको छ। यस कम्पनीको आज ५६ करोड ३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युतको ५१ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। रिदि पावर कम्पनीको ४७ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।



About Us
प्रतिक्रिया