नेप्से दोहोरो अंकले बढ्दै २७ सयको बिन्दुमा उक्लियो, कारोबार रकम साढे ११ अर्ब बढी

‘बैंकिङ्ग समूहमा ०.५६ को वृद्धि’


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.१९ अंकले बढेर बजार २६ सयको विन्दुबाट उकालो लाग्दै २७ सय ८ दशमलव ७० को विन्दुमा बन्द भएको छ।

आज ३२६ कम्पनीको ११ अर्ब ५८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ३ करोड ५५ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा बढी यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ।

आज यस कम्पनीको ५८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, राधि विद्युत कम्पनीको ५७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी कमाउने कम्पनीहरुमा कालिनचोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जी रहेका छन्।

यी तिन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। यससँगै आज मादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ९.९८ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, मेगा म्यूचुअल फण्ड–१ का लगानीकर्ताले ६.२५ प्रतिशतका दरले गुमाएका छन्।