स्रोत नखुलेको नगद २१ लाखसहित एक जना पक्राउ


काठमाडौं  – कास्कीको पोखरा महानगरपालिका – ३ अधिकारी टोलबाट स्रोत नखुलेको नगद २१ लाख ७६ हजार रूपैयाँसहित सोही महानगरपालिका– २ मोहरिया टोल बस्ने ३४ वर्षीय तम्रुम पाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यलाय कास्कीबाट खटिएको प्रहरीले ग.९ प ८३०७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।