बेलायत पठाइदिन्छु भन्दै ७ लाख ९० हजार ठगी गर्ने एक जना प्रहरीको फन्दामा 


काठमाडौं – बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको तार्केश्वरका ३६ वर्षीय कुमारी तामाङ रहेकी छिन्। 

उनले २ जनालाई बेलायत पठाइदिन्छु भन्दै ७ लाख ९० हजार ठगी गरेको प्रहरीले बताएको छ। उनलाई काठमाडौंको काठमाडौं महानगरपालिका – १२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।