काठमाडौं – काठमाडौंको बाैद्ध टुसालबाट मंगलबार १ करोड बराबरको गहनाहरू चोरी भएको छ। बौद्धको टुसाल नजिक घर भई बस्ने रिन्जी लामाको ५ तले घरको ४ तलामा कोही नभएको अवस्थामा चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कौशल कुमार बुढाथोकीले जानकारी दिए।
उनको घरबाट अपरिचित व्यक्तिहरू कोठाभित्र प्रवेश गरी दराजमा रहेको १ करोड ४ लाख ५३ हजार ९ सय बराबरको चोरी भएको बुढाथोकीले बताए। उनका अनुसार सुनको माला १३ तोला, सुनको घाटीमा लगाउने माला ३ तोला, सुनको बासफुटे चुरा ७ तोला, सुनको चुरा ४ तोला, सुनको झुम्का २.५ तोला, सुनको टप १ तोला, सुनको जेट चुरा १.५ तोला, सुनको ब्रासलेट १.५ तोला, सुनको औँठी ३ थान १.५ तोला र चाँदीको ग्यानजन ७० तोला चोरी भएको छ।
गहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ चोरी गरी फरार भएको मानिसको खोजतलास कार्य र थप अनुसन्धान कार्य भईरहेको उनी बताउँछन्।



About Us
प्रतिक्रिया