काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा ५ लाख जरिवाना तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका ३८ वर्षीय पुन्यवती जोशी रहेका छिन्।
उनीमाथि उच्च अदालत पाटन ललितपुरले बिगो बमोजिम ५ लाख जरिवाना, २ दिन कैद र २० हजार पीडित राहत कोषमा जम्मा गराउने फैसला गरेको थियो।
जोशीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरिको हसनटारबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल,काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया