कम्बोडिया पठाइदिन्छु भन्दै ४ लाख ३५ हजार ठगी गर्ने एक जना पक्राउ 


काठमाडौं – वेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साका ४१ वर्षीय वविलाल लामा रहेका छन्। 

उनले एक जनालाई कम्बोडिया पठाइदिन्छु भन्दै ४ लाख ३५ हजार ठगी  गरेको पहरीले बताएको छ। उनलाई जिल्ला काठमाडौं महानगरपालिका–३ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।