नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ 


काठमाडौं – अमेरिकी विविधता भिसा प्रयोजनका लागी नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँका किरण सिंह ठकुरी, पर्वत अनिल शर्मा, काठमाडौंका लक्ष्मण बस्नेत, नुवाकोट केशव फुयाँल, नुवाकोटका विष्णु पाण्डे,काठमाडौंका दिपा लावती र गुल्मीका शोभाखर खनाल रहेका छन्। 

उनीहरूले मध्ये ठकुरीले संयुक्त राज्य अमेरिकाको दूतावास काठमाडौं, नेपालमा पेश गरेको कक्षा १२ को शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीबाट नक्कली भएको पुष्टि भएको प्रहरीले बताएको छ। 

उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाउने किरण सिंह ठकुरीसहितको गिरोहलाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरी आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।