बैंकिङ्ग कसुर मुद्दामा २ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महानगरपालिका– ४ बागडोल ४५ वर्षीय सोनी अमात्य रहेकी छिन्। 

अदालतबाट उनलाई दुई वर्ष कैद, बिगो ठहरी फैसला भएको थियो। उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरी अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।