काठमाडौं – मोरङबाट नेपाली नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङका सहमद हुसेन र महेन्द्र मेहता रहेका छन्।
पक्राउ परेकामध्ये हुसेनले नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल खरिद गर्दा नेपाली रकम १ हजार जस्तो देखिने कागजको शङ्कास्पद नेपाली नोट १ थान र उज्ज्वल ढकालले सञ्चालन गरेको किराना पसलमा उधारो तिर्दा नेपाली रकम १ हजार जस्तो देखिने शङ्कास्पद नेपाली नोट दिएको सूचनाको आधारमा हुसेनलाई पक्राउ गरिएको हो।
साथै, हुसेनलाई नियन्त्रण लिएर प्रारम्भिक अनुसन्धान पश्चात् उनले चलाउँदै आइरहेको प्रदेश १–०१–००४ ह ०६३७ नम्बरको सिटी सफारी खानतलासी गर्दा उक्त सिटी सफारीमा लुकाई छिपाई राखेको एक हजारको शङ्कास्पद नेपाली नोटहरू ३ थान गरी जम्मा ५ थान बरामद गरेको प्रहरीले जनाएको छ।
त्यस्तै, थप अनुसन्धानका क्रममा मेहताको घर खानतलासी गर्दा नेपाली रकम १ हजार जस्तो देखिने कागजको शङ्कास्पद नेपाली नोट ४ थानसमेत बरामद गरेको प्रहरीले बताएको छ। उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया