बैकिङ्ग कसुर मुद्दामा २ करोड ५० लाख बिगो तोकिएका फरार प्रतिवादी प्रहरीको फन्दामा 


काठमाडौं – बैकिङ्ग कसुर मुद्दामा १२ लाख ५१ हजार जरिवाना तोकिएका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको शनिच्श्ररे पोखरी नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने मिना कुमारी राई रहेकी छिन्। 

उनलाई १ महिना १० दिन कैद , १२ लाख ५१ हजार जरिवाना र २ करोड ५० लाख बिगो ठहरी फैसला भएको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरी अदालतमा पेश गरेको छ।