काठमाडौं – आज साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार भारी अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४२.५८ अंकले घटेर बजार २७ सय २६ दशमलव ५१ को बिन्दुमा बन्द भएको हो। आज ३३३ कम्पनीले कारोबार गर्दा कुल १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै ३ करोड २ लाख ६२ हजार ७१० कित्ता शेयर किनबेच भएको छ।
आज राधि विद्युत कम्पनीको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५७ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एसवाई प्यानल नेपालको ५७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्।
यस कम्पनीका लगानीकर्ताले आज ८.५७ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले कमाएका हुन्। यससँगै, आज ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ६.९३ प्रतिशतका दरले गुमाएका हुन्।





About Us
प्रतिक्रिया