मोटरसाइकल चोरी गर्ने २ जना प्रहरीको फन्दामा 


काठमाडौं – मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका  ब्रिजन तामाङ र युनिक तामाङ  रहेका छन्। 

ललितपुरको बागमती गाउँपालिका–३ कान्तीलोकपथ सडकखण्ड अन्तर्गत जगुयामा प्रहरी चौकी भट्टेडाँडाबाट चेकजाँच खटिएको प्रहरी टोलीले ललितपुरबाट मकवानपुर तर्फ जाँदै गरेका बा.प्र०२-०४४ प ६९१२ र बा ३६ प ७९०८ नम्बरको मोटर साइकल रोक्न खोज्दा उनीहरू चेकपोष्ट नजिकबाट भाग्न खोजेका थिए। 

सोही क्रममा उनीहरूलाई पिछा गरी नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त मोटरसाइकल भक्तपुरबाट चोरी गरी ल्याएको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक कारबाहीको लागी प्रहरी वृत्त जगती भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।