काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुल्मीको रुरु क्षेत्र घर भई कागेश्वरी मनहरा बस्ने ममता कुँवर रहेकी छिन्।
उनलाई बैंकिङ्ग कसुर मुद्दामा काठमाडौं जिल्ला अदालत बबरमहलले १ लाख ६३ हजार जरिवानाकाे साथै ३ दिन कैद र ६ हजार ५ सय ४० रुपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति जम्मा गराउने फैसला गरेको थियो।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनहराबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया